३ कम्पनीले घोषणा गरे लाभांश, कुनको बाेनस र नगद कति ?
७ पुस, काठमाडाैं । ३ कम्पनीले लाभांश घाेषणा गरेका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन । राष्ट्रिय वाणिज्य बैंक , कालिका पावर कम्पनी लिमिटेड र नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् ।
१) राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश सहित साधारणसभा आह्वान गरेको । सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १७ औँ वार्षिक साधारण सभा पुस २८ गते राष्ट्रिय वाणिज्य बैंकको सभाहल दरबारमार्ग काठमांडौमा दिउँसो २ बजेदेखि सुरू हुनेछ ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरी कुल १२.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
२) कालिका पावर कम्पनी लिमिटेड
कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समिती बैठकले सेयरधनीका लागि लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले लाभांश परित सहित अन्य एजेण्डाहरू पारित गर्नका लागि पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको साभारणसभा कम्पनीको रजिष्टर्ड कार्यलय भरतपुर चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेपछि कार्यान्वयनमा आउनेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरु लाभांश पाउन र सभा सहभागि हुन सक्नेछन् ।
३) नेपाल दुरसञ्चार कम्पनी लिमिटेड
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीका लागि लाभांश सहित साधारणसभा आह्वान गरेको । कम्पनीको पुस ६ गते बुधबार बसेको सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा बाेलाएकाे हाे ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीकाे १५ औँ वार्षिक साधारण सभा पुस २८ गते राष्टिय सभागृह, काठमाडौंमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १०:०७












