२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

सांसदहरूको शपथअघि आज सर्वदलीय बैठक बस्दै

७ पुस, काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक बाेलाइएकाे छ । संसदको ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

आज दिउँसो १ बजेदेखि संसद भवनमा प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराइँदैछ । त्यसअघि १२ बजे बैठक सञ्चालनसम्बन्धी छलफल गर्न सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक-एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ०९:२६