९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

सानिमा लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्याे नयाँ बोनसदर, बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

६ पुस, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको हो ।

बीमितले सावधिक जीवन बीमा योजना (रेगुलर)बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक जीवन बीमा योजना(एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्रिपल सावधिक बीमा योजना कम्पनीले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

यस्तै, दम्पत्ति सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि ३० रुपैयाँ सम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म, अग्रिम भुक्तानी योजनामा ३२ रुपैयाँदेखि ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनस पाउनेछन् ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

साथै, अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा प्रािधकरणबाट अर्को व्यवस्था नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा समेत यहि अनुसारको बोनस दर कायम गरिने समेत कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १४:५०