७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

छुट्ला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ पुस, काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ६ गते अन्तिम दिन रहेकाे छ । पाँचथर पावर कम्पनी र सोल्टी होटेलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

यी दुवै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात बिहीबार बुक क्लोज गर्ने भएका छन् । यसर्थ आजसम्म कायम सेयरधनीहरुले यी कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

१) पाँचथर पावर कम्पनी 

पाँचथर पावर
पाँचथर पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ६ गते अन्तिम रहेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेकाे छ ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १८ गते सातौ वार्षिक साधारण सभा  बाेलाएकाे छ । सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा विहान ११ बजेदेखि सुरू हुने छ ।

२) सोल्टी होटल

सोल्टी होटलले लाभांश वितरणका लागि पुष ७ गतेदेखि पुष २८ गतेसम्म बुक क्लोजको गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ पुस ६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ प्रतिशत बोनस सेयर र २१.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश पारितका लागि कम्पनीले पुस २८ गते नेपाल प्रज्ञा भवन , काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा आह्वान गरेको छ ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार ०९:५२