७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

लियोनल मेसीले पाए वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड

५ पुस, काठमाडाैँ । लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन् । बेलायती मिडिया बीबीसीले विश्व विजेता अर्जेन्टिनी फुटबल टिमका कप्तान  मेसीलाई २०२२ को लागि यस अवार्ड प्रदान गरेको जानकारी दिएको छ ।

मेसीको नेतृत्वमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलमा विजयप्राप्त गरेको छ । यो अर्जेन्टिनाको तेस्रो जित हो । मेसीले अर्जेन्टिनाका लागि १७२ खेल खेल्दै ९८ गोल गरेका छन् । 

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार ११:२९