२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

संसदीय दलको नेता बन्न गुट भित्रै सहमति खोज्दै गगन थापा

४ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला र गगनकुमार थापासमूहको बैठक काठमाडौंमा बसेको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो समूहबाट उम्मेदवार चयन गर्न लैनचौरस्थित एक होटलमा शेखर पक्षीय नेताहरू जुटेका हुन् ।

संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारको दाबी गर्दै आएका छन् । नेता कोइराला पनि संसदीय दलको नेताका लागि इच्छुक देखिएका छन् । १४औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका कांग्रेसका पदाधिकारी तथा केही केन्द्रीय सदस्य आजको भेलामा सहभागी छन् ।

संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थालेका छन् । नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेतामा इच्छुक देखिएका छन् ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १८:०५