७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

८८ करोडकाे मात्रै काराेबार हुँदा आज यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

४ पुस, काठमाडौं । साताको दोस्रो काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनो सुधार देखिएको छ । केही दिन यता निरन्तर ओरालो लागेको सेयर बजार साेमबार आएर केही सामान्य सुधार देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८३ अकंले बढेर १८५८.८९ बिन्दुमा बन्द भएको छ । सोमबार २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच हुदाँ ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँको कारोबार भएको छ ।

आज प्राइम कमर्सियल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ६ करोड ९३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, फरवार्ड लघुवित्त वित्तीय संस्थाको ५ करोड ४९ लाख ४२ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड २७ लाख ९० हजार रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ७६ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १५:१७