२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

जसरी पनि सरकारमा जाने रवि लामिछानेको प्रयास, एक सातामै तीन पटक भेटे प्रचण्ड

४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागितालाई आफ्नो मुख्य एजेण्डा बनाएको छ । सरकारमा सहभागिता लागि पार्टीका सभापति रवि लामिछानेले सम्भावित प्रधानमन्त्रीहरूसँग पटक पटक भेटवार्ता गरिरहेका छन ।

कतिपय भेटका विषयमा समाचारमा आएको भए पनि कति भने बाहिर आएको छैन । लामिछानेले पछिल्लो एक सातामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचचण्डसँगमात्रै तीन पटक भेटवार्ता गरेका छन ।

प्रचण्डले सोमबार बिहान प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा आफू र रवि लामिछानेको बीचमा एक साताकै बीचमा तीन पटक भेटवार्ता भैसकेको बताएका हुन । उनले सरकारको नेतृत्वका लागि सबै विकल्प खुला राखेर छलफल चलिरहेको जानकारी पनि दिए ।

प्रचण्डको पहिलो प्रयास गठबन्धनको निरन्तरता नै भएको भन्दै त्यसमा सहमति हुन नसके त्यसभन्दा बाहिरका दलहरूसँग पनि सहमति गरेर अघि बढ्ने बताए ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १०:३६