२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

चुनाव अघिको निर्णय गोप्य बैठकबाट अनुमोदन गर्दै रास्वपाको नेतामा रवि लामिछाने चयन

४ पुस, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन । चुनाव अघि नै गरेको निर्णय सोमबार काठमाडाैँमा भएको संसदी दलको गोप्य बैठकबाट अनुमोदन गरेको हो ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले संसदीय दलको बैठकले निर्णय अनुमोदन गरेको जानकारी दिएका छन । सोमबारको बैठकबारे पत्रकारले चासो राखे पनि उनीहरूले जानकारी दिएका थिएनन् ।

बैठकस्थलमा पत्रकारहरूले प्रश्न सोध्दा त्यसको जवाफ दिनुपर्ने भएकाले लामिछानेले बुढानिलकण्ठको एक होटलमा दलको बैठक राखेको र पत्रकारलाइ जानकारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतले बताएको छ ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १०:१८