८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

छुट्ला है ! ५.२६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ पुस, काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् । कम्पनीको १० औँ वार्षिक साधारणसभा पुस २० गते आयोजना गर्ने निर्णय पनि गरेको छ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५.२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ०९:५६