कांग्रेसले जुरायो हारको समिक्षाको साइत, चैत्र ९ गते केन्द्रीय समिति बैठक
२५ फागुन, काठमाडाैँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए । उनले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान गरेका छन ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले ल्याएको कमजोर नतिजा र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने जानकारी दिए ।
“प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपतिको निर्वाचनलगायतका एजेण्डामा छलफल भएको थियो, अब बस्ने केन्द्रीय समितिको बैठकले समग्र विषयवस्तुमा छलफल हुनेछ”, प्रवक्ता शर्माले भने । उनले निर्वाचनपछि पार्टीले संसद्मा कस्तो भूमिका खेल्ने भन्नेबारेमा समेत बैठकमा छलफल हुने बताए ।
प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार ०९:४२