१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एडिलेड नेपाली समाजले गरेको वनभोजमा रमाए अभिभावकहरू

३ पुस, एडिलेड । एडिलेड नेपाली समाजको आयोजनामा बनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । समाजद्वारा आयोजित ५औ वनभोजमा अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । अभिभावकहरु तथा बालबालिकाहरुको मनोरञ्जनका लागि बिभिन्न खेलकुद प्रतियोगिता संचालन गरिएको थियो । भने नेपाली खानको परिकारको समेत व्यवस्था समेत गरिएको थियो ।

३५० भन्दा बढि अभिभावक तथा एडिलेड नेपाली विद्यालयका बालबालिका एवं तिनका परिवार सहित ९०० भन्दा बढिको सहभागीतामा भएको वनभोज स्थानिय मिचेल पार्कमा आयोजना गरिएको थियो । समाजको निमन्त्रणालाई स्विकार गरेर ठुलो संख्यामा उपस्थित हुनु भएका अभिभावक प्रति कृतज्ञता व्यक्त गर्दै समाज अध्यक्ष देवराज कडेलले नेपालबाट भ्रमणमा आउनु भएका अभिभावकहरुको सम्मानमा समाजले वनभोज गर्दै आएको बताए । कार्यक्रममा अभिभावकहरुको उत्साहले आगामी वर्षहरुमा कार्यक्रम गर्न समाजलाई थप प्रेरित गरेको बताए ।

समाजका पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मीले खेलकुद लगायतका कार्यक्रममा निकै सक्रियता पुर्व अभिभावकहरुले सहभागीता जनाउनु भएको देखेर कार्यक्रम सार्थकता पाएको बताए । रेग्मीले ५औ वर्षमा आयोजित यस वनभोजमा आईपुग्दा सहभागीता उल्लेखनीय रुपमा वृद्धि भएकाले पनि कार्यक्रम प्रति साउथ अष्ट्रेलियाको नेपाली समुदायले कार्यक्रमलाई विषेश रुपमा लिएको बताए ।

भजन कृतन सहित विभिन्न नेपाली गित संगितमा सहभागीहरुले नाच गान गरेका थिए । चितवनबाट भ्रमणमा आएका अभिभावक रुद्र शर्माले निकै रमाइलो भएको बताउदै नेपालका मेलाहरु गएको भन्दा बढि रमाइलो गरेको बताए । उनले अष्ट्रेलिया आएको झण्डै एक बर्षको विचमा भिन्न पार्टी भोज भन्दा धेरै रमाइलो अनुभव गरेको बताए । काठमाडौंकी राधा ज्ञवालीले यति धेरै बालबालिकाहरु सहित पार्कमा वनभोजमा सहभागी हुन पाउदा नेपालमा भए जस्तो भएको बताईन् ।

ज्ञवालीकै आडमा रहेकी पोखराकी शारदा थापाले पार्क भरि मान्छे भेला पारेर खेलाउने खुवाउने कार्यक्रम गर्ने आयोजकहरुलाई धन्यवाद व्यक्त गरिन् । थापाले विदेशमा पनि नेपालमा जस्तै साथी भाई मिलेर नेपालबाट आएका बाआमालाई मनोरञ्जनका लागि खट्नेहरु देखेर निकै खुशी लागेको र नेपालीहरु जहा गए पनि आफ्नो ठुलालाई आदर सम्मान गर्ने बानी चाहि नछाड्ने रहेछ भन्ने लागेको बताईन् ।

चितवनकै कृष्ण अधिकारीले नातिनातिनाले भरसख अंग्रेजी बोल्न खोज्ने गरेको देखेर अल्ली निको नलागेको बेलामा पार्कमा यति धेरै आफ्नै भाषामामा कुरा गर्न पाउदा मनै आनन्द महशुस भएको बताउदै । काठमाडौंकी लक्ष्मी अधिकारीले आफु आए देखि ७-८ वटा पार्टीहरुमा गए पनि समाजले खुवाएको खाना सार्है मिठो लागेको बताईन् ।

एनआरएनएका आइसिसी सदस्य समेत समाजका कार्यसमिति सदस्य सुर्य आचार्यले विगत देखि नै समाजले आफ्नै स्वयंसेवकहरुद्वारा बनाएको खाना खुवाउदै आएको बताउदै सधै अभिभावकहरुको धेरै सकारात्मक प्रतिक्रिया पाउदै आएको बताए । कार्यक्रममा सम्पन्न बालबालिकाहरुको चम्चा दौड प्रतियोगितामा प्रथम प्रिस पाण्डे, दोस्रो प्राजना पाण्डे, तेस्रो इभान कडेल भएका थिए । भने अभिभावकहरुको बेलुन पास प्रतियोगितामा ईश्वर श्रेष्ठ र शारदा श्रेष्ठको जोडी प्रथम, कृष्ण भक्त पौडेल र सावित्रा वाग्ले पौडेलको जोडी दोस्रा, उपेन्द्र प्रशाद पाण्डे र टिका देवी पाण्डेको जोडी तेस्रा भएका थियो । यसै गरी हाडी फोर खेलमा पुरुष तर्फ नारायण भट्टराई र महिला तर्फ सिता पौडेल विजयी भएका थिए ।

बिजयीहरुलाई साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का, समाजका अध्यक्ष देवराज कडेल, पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मी, उपाध्यक्षहरु लक्ष्मी सापकोटा, सागर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रमको संचालन सचिव आर के शर्माले गरेका थिए । भने खेलकुद प्रतियोगिता संचालन पव्लिक रिलेसन अफिसर सुरेन्द्र रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार १३:२२