२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

माओवादी पदाधिकारी बैठक आज, प्रचण्डलाई प्रधानमन्त्री बनाउन रणनीति तय गर्ने

३ पुस, काठमाडाैँ । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ ।

माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार १०:३३