२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रचण्डलाई सम्झाइदिन माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह

२ पुस, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा देउवाले अध्यक्ष नेपाललाइ प्रचण्डलाई सम्झाइदिन आग्रह गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग छलफल गरेका हुन् । उनीले प्रचण्डलाइ अहिले प्रधानमन्त्रीमा दाबी नगर्न अनुरोध गरेका छन तर प्रचण्डले पूर्व सम्झौता कार्यान्वयन नगरे जे पनि हुने चेतावनी दिइरहेका छन ।

एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको प्रचण्डको दाबी छ । सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहेका छन् । यही विषयमा ुक्लियरु हुन देउवाले नेपालसँग भेटवार्ता गरेको बालुवाटार स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार २२:०१