१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाराही हाइड्रोपावरकाे आईपीओ बाँडफाँड मिति तय, १० कित्ता सेयर पाउन भाग्यकै भर

१ पुस, काठमाडाैं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड मिति तय भएकाे छ ।
कम्पनीले मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड मिति ताेकिएकाे हाे ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीकाे आईपीओ बाँडफाँड पुस ३ गते आइताबार क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १० बजे हुने छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियाे । बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनका थिए ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेका कारणा कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ५ सय २२ जना आवेदकले मात्र १० कित्ता सेयर पाउन सक्नेछन् ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १२:२०