७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१ पुस, काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुत्तलापूँजीको २.४० प्रतिशत बोनस र ५.२० प्रतिशत नगद गरी कुल ७.६० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ कम्पनीको वार्षिक साधारण सभाले पारित गरे पछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १०:४०