२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमालेमा उम्मेदवार सिफारिसमै यतिसम्म भएछ, गोकुल बाँस्कोटाले सार्वजनिक गरे गम्भीर तथ्य

२९ मंसिर, काठमाडाैँ । नेकपा एमालेमा उम्मेदवार सिफारिसमा पार्टीभित्र गम्भीर लापरवाही भएको खुलासा भएको छ । उम्मेदवार सिफारिस भएका कतिपय उम्मेदवार कहाँका हुन भनेर ७७ जिल्लामै प्रमुख जिल्ला अधिकारीलाई भनेर सोध्नुपर्ने अवस्था सिर्जना भएको खुलेको छ ।

एमाले पोलिटब्यूरो सदस्य एवं काभ्रे २ बाट प्रतिनिधिसभामा विजयी प्रभावशाली नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत नेतृत्वमाथि गम्भीर प्रश्न गर्दै चुनावी हारजीतलाई सिद्दान्तको पगडीले सिंगार्न आवश्यक नभएको बताएका छन ।

स्पष्ट वक्ताको छवी बनाएका नेता बाँस्कोटाले पार्टीको नेतृत्वले चुनाव अघि जिल्लाका ईन्जार्ज र पदाधिकारीसँग दशमिनेट पनि बस्तुगत अवस्था बारे सोध्ने हैन, सुन्न समेत तयार नभएको पनि सार्वजनिक गरिदिएक छन ।

उनले जिम्मेवार पदाधिकारीले त्यसको जिम्मेवारी किन लिनु पर्दैन भन्दै प्रश्न समेत गरेका छन । उनले जिल्लाको भनेर सिफारिस गरेको मान्छेको नागरिकता खोज्न ७७ सिडीओलाई सोध्नु पर्ने अवस्था समेत बनेको भन्दै केन्द्रीय नेतृत्वप्रति व्यंग्य समेत गरेका छन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘चुनावी हारजीतलाई सिद्दान्तको पगडीले सिंगार्न आवश्यक छैन । चुनाव अघि जिल्लाका ईन्जार्ज र पदाधिकारीसँग दशमिनेट पनि बस्तुगत अवस्था बारे सोध्ने हैन, सुन्न समेत तयार नहुनेहरुले केही पनि जिम्मा लिनु पर्दैन ? जिल्लाको भनेर सिफारिस गरेको मान्छेको नागरिकता खोज्न ७७ सिडीओलाई सोध्नु पर्ने भाथ्यो ।’

अध्यक्ष केपी शर्मा ओलीलाई सानो घेरामा राखेर महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले पार्टीमा व्यथिति बढाएको आरोप कार्यकर्ताले लगाउँदै आएका छन । उनीहरूले कतिपय अवस्थामा मुल नेतृत्वलाई गुमराहमा राखेर स्वार्थसमूहका लागि काम गरेको भन्दै आरोप लागेको छ । यद्ययी दुबैले यसबारेमा अहिलेसम्म कुनै खण्डन गरेका छैनन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १७:१७