७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नेप्सेमा २ कम्पनीकाे सेयर मूल्य समायोजन, कुनकाे मूल्य कति ?

२९ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुइ कम्पनीकाे सेयर मूल्य समायाेजन गरेकाे छ । नेप्सेले प्रभु बैंक र चिलिमे जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन गरेको हाे ।

प्रभु बैंककाे ६.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १८९.५८ रुपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य २०१.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

चिलिमे जलविद्युत कम्पनीकाे ६.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३६२.७९ रुपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ३९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । अब आइतबारदेखि यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १६:४८