सेयर बजारमा दोहोरो अंककाे गिरावट, २ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट
२९ मंसिर, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहिबार पनि सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार दोहोरो अंकले घटेकाे हाे ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४८ अकंले घटेर १८८२.६० बिन्दुमा बन्द भएको छ । बिहिबार २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार एनसिसि बैंकको प्रोमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २२ करोड ८९ लाख ४२ रुपैयाँको कारोबार भएको छ । यस दिन २ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।
बिहीबार रुरु जलविद्युत र इस्टन हाइड्रोपावर लिमिटेडको सेयरमा सकरात्मक सर्किट लागेको हाे । यस दिन माउन्टेन इनर्जीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। आज पिपुल्स हाइड्रोपावरको सेयरमूल्य नकारात्मक सर्किट लेभलमा करोबार भएको छ।
प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १५:३०













