१५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२९ मंसिर, काठमाडाैं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर २९ गते अन्तिम दिन रहेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस ३ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज मंसिर २९ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाभांश पारित गर्न कम्पनीले पुस २२ गते साधारणसभा बाेलाएकाे छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ११:१८













