४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिवम सिमेन्टले घोषणा गर्याे लाभांश, नगद कति ?

२९ मंसिर, काठमाडाैं । शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको हाे ।

कम्पनी सञ्चालक समितिको मंसिर २८ गते बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १ं०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते सातौँ वार्षिक साधारणसभा बाेलाउने निर्णय गरेको छ।

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १०:३७