५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

भारतीय नाकाबन्दी सम्झाउने गरी पेट्रोलियम पदार्थ वितरणमा कोटा प्रणाली लागू (भिडियो)

५ असोज, काठमाडाैँ । सरकारले भारतीय नाकाबन्दी सम्झाउने गरी पेट्रोलिय पदार्थको वितरणमा कोटा प्रणाली लागू गरेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार शुक्रबारका लागि यस्तो कोटा कायम गरिएको हो। अब मोटरसाइकलले ५ लिटर र चारपांग्रेले १५ लिटर पेट्रोल पाउनेछन् । त्यस्तै, डिजेलको हकमा उपत्यका र उपत्यकाबाहिर जाने सवारीका लागि छुट्टाछुट्टै परिमाण कायम गरिएको छ।

जसअनुसार काठमाडौं उपत्यकाका सवारीले प्रतिसवारी ५० लिटर र उपत्यकाबाहिर जाने सवारीले ७५ लिटर डिजेल पाउनेछन्।पेट्रोलियमको आपूर्ति अभाव हुँदा पेट्रोल पम्पमा लाइन बढेपछि निगमले यस्तो कोटा प्रणाली लागू गरेको जनाएको छ ।

पेट्रोलिय पदार्थको अभाव भएपछि लाइनबद्ध सवारीको भिडियो। भिडियो साैजन्यः पत्रकार शोभित थपलिया

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १४:४५