भारतीय सुरक्षाकर्मीले सुनसरीका शिक्षक खुर्सिदको हत्या गरेको विषयमा छानविन हुने
५ असोज, काठमाडौं । भारतीय सुरक्षाकर्मीले हत्या गरिएको अाशंका गरिएको सुनसरीका शिक्षक खुर्सिद अन्सारीको हत्याबारे अनुसन्धान हुने भएको छ । गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याबारे छानबिन गर्न समिति गठन गरेको छ ।
शुक्रबार प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक तुलसी प्रसाईँ, आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य रहेका छन ।समितिलार्इ १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्
–शिक्षक खुर्सिदको हत्याको कारण खुल्यो, अातंककारी गतिबिधिमा संलग्न रहेको खुलासा
–सुनसरीमा हत्या गरिएका खुर्सिदः जसले चार भारतीय अातंककारीलार्इ नेपाली नागरिकता दिलाए
प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १४:४४