संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले दिए राजीनामा
२८ मंसिर, काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले मंगलबार दिएको राजीनामा बुधबार स्वीकृत भएको छ ।
घिमिरेले आफूले पारिवारिक कारणले राजीनामा दिएको जनाएका छन् । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए ।
प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १२:३७