२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमाले नेता रमेश पौडेलद्धारा खोटाङका ११ विषयमा तत्काल आवश्यक कदम चाल्न सिडिओको ध्यानकर्षण

२६ मंसिर, खोटाङ । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले ६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन जिल्ला प्रशासन कार्यालय खोटाङ मार्फत ध्यानाकर्षण गराएका छन । राष्ट्रिय युवा संघ र नेपाल खेलकुद महासंघका पूर्व अध्यक्ष समेत रहेका पाैडेलले आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका निजी जग्गा अधिग्रहण प्रकृया द्रुत गतिमा अघि बढाउन माग गरे ।

सोमबार खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडियो) सूर्यप्रसाद सेढाईलाई ज्ञापन–पत्र बुझाउँदै पाैडेलले जग्गाधनीलाई चाँडोभन्दा चाँडो यथोचित मुआब्जा दिएर आयोजना निर्माण अघि बढाउन पहल र समन्वय गर्न आग्रह गरे । पौडेलले जिल्लामा सम्झौताअनुसारको काम गर्न गराउन अगुवाई र पहल गर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको भएको बताएका छन ।

उनले दुधकोसी जलाशययुक्त आयोजनाको काममा भएको ढिलासुस्ती अन्त्य गर्न पनि माग गरेका छन । पौडेलले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनामा भइरहेको चरम ढिलासुस्ती अन्त्य गर्दै तत्काल काम सम्पन्न गर्न, पालिका, सदरमुकाम र जिल्लाका प्रमुख सडकहरुको स्तरोन्तती र कालोपत्रेको काम तत्काल गर्न समन्वय गर्न, सम्झौता गरी ढिलासुस्ती र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् । पाैडेलले विभिन्न ११ वटा माग ज्ञापन पत्रमा उल्लेख गरेका छन । ज्ञापन पत्र तल हेर्न सक्नहुन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार २०:१२