५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीद्धारा निर्देशक डा उप्रेतीको कार्यालयमै रामधुलार्इ

४ असोज, काठमाडाैँ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा हरीशचन्द्र उप्रेतीको कर्मचारीले रामधुलार्इ गरेका छन ।  डा उप्रेतीको प्रयोगशालाकै कर्मचारीहरुले रामधुलार्इ गरेको एक प्रत्यक्षदर्शी कर्मचारीले बताए । कर्मचारीहरुले निर्देशक उप्रेतीलाई कार्यसम्पादन मुल्यांकन फारममा आफूने भने अनुसारको नम्बर नराखेपछि कुटपिट गरेका हुन ।

कर्मचारीको माग अनुसार डा उप्रेतीले दबाबको भरमा नम्बर नराख्ने अडान लिएपछि बिहीबार दिउँसो ३ बजे आक्रमण भएको हो । डा उप्रेतीका अनुसार कर्मचारीहरुले आफूखुसी कार्यसम्पादन मुल्यांकन फारममा नम्बर भरेर हस्ताक्षर गर्न भनिरहेका थिए। तर, नमानेपछि आक्रमण गरेका हुन्।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार ००:००