२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

कांग्रेस नेता केसी र एमाले अध्यक्ष ओलीबीच २ घण्टा वार्ता, के भयो कुराकानी ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्ययक्ष केपी शर्मा ओलीसँग बालकोटमा दुई घण्टा बिताएका छन । आइतबार साँझ ५ बजेदेखि राति ७ बजनेसम्म केसी र ओलीबीच एक्लाएक्लै दुई घण्टा कुराकानी भएको थियो ।

सत्ता समिकरणको विषय पेचिलो बनिरहेको र सत्ता गठबन्धन टिकाउनका लागि आइतबार मात्रै कांग्रेसले रमेश चौधरीदेखि अफ्ताव आलमसम्मलाई आममाफी दिन मिल्ने गरी अध्यादेश जारी गर्ने तयारी गरिरहेको समयमा केसीको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

केसीले दैनिकीसँग कुरा गर्दै आफूहरूको बीचमा बधाई साटासाट र एक अर्काको स्वास्थ्यका बीचमा चासो प्रकट भएको जानकारी दिए । सत्ता साझेदारीको बारेमा पनि केही कुरा गर्नुभएको हो भन्ने प्रश्नमा केसीले वर्तमान राजनीतिको समिक्षा भएको भएपनि अन्य ठोस कुरा केही नभएको बताए ।

केसी नेपाली कँंग्रेसमा डा शेखर कोइराला समूहका नेता हुन । कांग्रेसको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति जिताएर महामन्त्रीमा आफू पराजित भएका केसी १४ औँ महाधिवेशनमा शेखर समूहबाट केन्द्रीय सदस्यमा मात्रै चुनाव लडेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १४:४४