२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

२५ मंसिर, काठमाडौं । कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवान सुवासचन्द्र रतेलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि घाइते भएका उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १२:३२