२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमालेबाट समानुपातिक कोटामा सांसद भए पनि एकनाथ ढकाल फरक अस्तित्वको परिवार दलकै अध्यक्ष

२५ मंसिर, काठमाडौँ । नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीमा एमालेका तर्फबाट सांसदमा निर्वाचित गरेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्राविधिक रूपमा मात्र एमालेलाई साथ दिनेछन । उनले संसदभित्र एमालेको गणितमामात्र साथ दिनेछन ।

स्रोतका अनुसार उनले चुनाव तालेमेलअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा यो कुरा प्रष्टसँग राखेका थिए । परिवार दलका अनुसार संसदमा एमालेका लागि संख्या पुर्याउने काममा एमालेको ह्वीप ढलकाले मान्नेछन भने बाँकी समयमा उनले परिवार दलकै नाममा आफ्ना गतिबिधिलाई जारी राख्नेछन ।

मंसिर ४ ओली सरकार भन्ने एमालेको अभियानमा पार्टी अध्यक्ष ओलीपछि सबैभन्दा धेरै जिल्ला घुमेर एमालेका लागि ढकालले भोट मागेका थिए । उनले सबैठाउँमा आफू प्रतिनिधिसभाको समानुापतिक उम्मेदवार भए पनि परिवार दलको अध्यक्षको पहिचानै रूपमा मत मागेका थिए । ढकालले सातै प्रदेशका चुनावी गतिबिधिमा सहभागिता जनाएका थिए । ढकालको परिवार दलले पाँच बुँदे सहमति नै गरेर स्थानीय निर्वाचनमा पनि एमालेसँग तालमेल गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ०९:४६