राप्रपाको समानुपातिक सांसदः पशुपतिशम्शेर राणा परे प्रकाशचन्द्र लोहनी परेनन्
२४ मंसिर, काठमाडाैँ । राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशम्शेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा, बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो ।
केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो ।
राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश सभातर्फ प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको छ ।
प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार २२:५७