५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

पेट्रोलिय पदार्थ ढुवानी नगर्ने ट्यांकर चलाकलार्इ पक्राउ गरी ट्यांकर खोस्ने सरकारको तयारी

४ असोज, काठमाडाैँ ।  नेपाल आयल निगमले ट्याकंर चालकहरुले ढुवानी सुचारु नगरे प्रकाउ गरी गाडी खोस्ने चेतावनी दिएको छ । ढुवानी रोकिएसँगै पम्पहरुमा उपभोक्ताको लाइन बढ्न थालेपछि निगमले आन्दोलित चालकहरुलाई पक्राउ गरी गाडी खोस्ने चेतावनी दिएको हो ।

मुलुकी संहिताको कतिपय प्रावधानले अन्याय पर्ने भन्दै ट्याकंर चालक आन्दोलित भएपछि पछिल्लो दुई दिनदेखि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी पूर्ण रूपमा रोकिएको छ । ट्याङ्कर चालकहरु आन्दोलित भएपछि काठमाडौंका पेट्रोल पम्पमा सयाैँ सवारीको लाइन देखिएको छ । नेपाल आयल निगमका निमित्त प्रमुख सुशील भट्टराईले आन्दोलनरत पक्षसँग स्थानीय स्तरमा छलफल भइरहेको बताएका छन ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार २१:१६