२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कर्णाली नदीमा डोजर खस्यो : दुई जनाको मृत्यु, तीन बेपत्ता, तीन घाइते

२४ मंसिर, कालिकोट । कर्णाली करिडोरस्थित रेगिल सडकखण्डमा स्काभेटर डोजर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन् । तीन जना नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी-१ का अन्दाजी १७ वर्षीय चरित्र बिक र सान्नित्रिबेणी-१ का अन्दाजी १४ वर्षीका युवाराज बुढको मृत्यु भएको छ ।

दुर्घटनामा परी सान्नित्रिबेणी-१ कै नर गिरीका छोरा उमेस गिरी, सान्नित्रिबेणी-१ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन् ।

डोजरमा रहेका रास्कोट नगरपालिका-७ का मिलन शाही गम्भीर घाइते छन् । घाइतेरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेकाे छ । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १८:४३