१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एडिलेडमा अभिभावक वनभोज हुँदै

२४ मंसिर, एडिलेड । एडिलेड नेपाली समाजको आयोजनामा डिसेम्वर १७ शनिवार अभिभावक वनभोज हुने भएको छ । स्थानीय मिचेल पार्कमा दिनको १ वजेबाट साँझ ६ बजेसम्म वनभोज हुने समाजका अध्यक्ष देवराज कडेलले बताए । कोरोना महामारी पछि केहि महिना अगाडिबाट अष्ट्रेलियाको सिमामा रहेको कडाईको अन्त्य संगै भ्रमणमा आउने अभिभावकहरुको आगमन निकै बढेको छ ।

अध्यक्ष कडेलले २०० भन्दा बढि अभिभावकहरुको उपस्थिति हुने बताए । एडिलेड नेपाली विद्यालय समेतको सहकार्यमा हुन लागेको बनभोजमा अभिभावक तथा वालवालिकाहरुका लागि विभिन्न खेलहरु समेत खेलाईने भएको छ | साउथ अष्ट्रेलियामा क्रियाशिल नेपाली समुदायको संस्थाहरु मध्येको २०१२मा स्थापित जेठो संस्था समाजले २०१७ देखि अष्ट्रेलिया भ्रमणमा रहुनु भएका अभिभावकहरुका लागि वनभोज गर्दै आएको छ ।

समाज पुर्व अध्यक्ष समेत रहेका पव्लिक रिलेसन अफिसर सुरेन्द्र रेग्मीले वनभोज अभिभावकहरुलाई परदेशमा भेटघाट चिनापरिचत गर्ने अवसर मात्र नभएर आफ्ना भावना साटासाट गर्ने अवसर पनि भएको बताए । रेग्मीले नेपालमा हुदा छरछिमेक गाउ टोलमा दिन विताएका अभिभावकहरु प्रवासको परिवेशले आफ्नो परिवार केहि नजिकका परिवार सम्म मात्र सिमित हुनु पर्ने अवस्थामा ठुलो संख्यामा आफ्नै उमेर समुहका दौतरीहरुसंग भेला भएर संगै नेपाली विद्यालयका साना साना बालबालिकाहरु संग नेपालको गाउ टोलको झल्को दिने कार्यक्रम हुने बताए । उनले नेपाली गित संगितमा नाच गान सहित विभिन्न मनोरञ्जनात्मक खेलहरु मार्फत अभिभावकहरुलाई अष्ट्रेलिया बसाईको उत्कृष्टहरु मध्येको एक संझना गर्न लायक कार्यक्रम हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १६:१०