२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

समानुपातिक सांसदमा निर्वाचित गर्न एमालेले आज नेताहरूको नाम सिफारिस गर्दै

२४ मंसिर, काठमाडौँ । समानुपातिकको सांसद छान्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । शनिबार बिहान ११ बजेका लागि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बैठक बस्न लागेको नेकपा एमालेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

यसअघि शुक्रबर बस्न लागेको बैठक अन्तिम समयमा स्थगित भएको थियो। समानुपातिक मतमा ६ प्रदेश र प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको एमालेले आफ्नो कोटामा परेका सिटमा सांसदको सिफारिस गर्न लागेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १०:१७