२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमालेले बाेलायाे सचिवालय बैठक, सांसद छनोटसहित यी विषयमा छलफल हुने

२२ मंसिर, काठमाडाैं । नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक बाेलाएकाे छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बाेलाएकाे जानकारी दिए ।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १४:११