१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

‘सुसाइड नोट’को चार महिनापछि आत्महत्या, आफ्नै बुबाको मुद्दा झेल्दै थिए नुवाकोटका विदुर पुडासैनी

२१ मंसिर, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा एक ३५ वर्षीय युवाले आत्महत्या गरेका छन । बेलकोटगढी ३ डाँडागाउँका विदुर पुडासैनाीले बुधबार अपरान्ह आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उनका नजिकका मान्छेहरू जम्मा भैरहेका छन ।

सामाजिक सञ्जालमा सक्रिय विदुरले परिवारका सदस्य र आफन्तका कारण आत्महत्याको अवस्थामा पुगेको र आफ्नो आत्महत्याबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार परिवारका सदस्य र आफन्त हुनुपर्ने भन्दै चेतावनीयुक्त हस्तलिखित सुसाइड नोट सामाजिक सञ्जालमा समेत पोस्ट गरेको देखिएको छ ।

विदुर साउन १४ गते नै आफ्नो फेसबुकमा परिवारका अन्य सदस्य र केही आफन्त मिलेर परिवारको एक्लो छोरो भएपनि आफ्नै बुबा र आमालाइ उकासेर आफ्नाविरूद्धमा अदालतमा मुद्दा हाल्न लगाएको उल्लेख गरेका छन । विभिन्न व्यवसायका निम्ति इमान्दार प्रयास गरेको भए पनि त्यसमा सफलता नपाएपछि विदुरले परिवारमा सल्लाह गर्दा त्यसमा सहमति हुन नसकेर यस्तो परिस्थिति उत्पन्न भएको उनको फेसबुकमा लेखिएका टिप्पणीहरूले जनाउँछ ।

आफ्नै बाबुआमाको मुद्दाको प्रतिवादी बनेका विदुर केही समयअघिदेखि नै असन्तुलित बनिसकेको बुझिएको छ । विदुर पुडासैनीले गत साउन १४ मै आफ्ना बुबा र आमालाइ उकासेर मुद्दा हाल्न लगाएको र आफ्नो सम्पत्तिप्रतिको हक हनन गरेको भन्दै सामाजिक सञ्जालमा नवराज पुडासैनी, राजाराम पुडासैनी, भिमेश्वर पुडासैनी, पुष्पराज घिमिरे र पुरूतोत्तम घिमिरेको नाम नै किटान गरी सामाजिक सञ्जालबाट उत्पन्न हुने सबै परिस्थिति सामना गर्नका लागि तयार हुन भन्दै चेतावनी समेत दिएको भेटिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार २२:१४