२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

के छ संसद सचिवालयले चोलेन्द्रलाई दिएको पत्रमा ?

२१ मंसिर, काठमाडौं। संघीय संसद सचिवालयले सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र सम्बन्धित् निकाय र व्यक्तिलाई दिएको छ ।

संसदले गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र दिएको हो ।

यस्ताे छ जबरासहित सम्बन्धित् निकालयलाई बुधबार संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको पत्र :

संघीय संसद सचिवालय
संसद भवन, सिंहदरवार
काठमाडौं, नेपाल ।

मितिः २०७९/१८/२१

पत्र संख्या :– ०७९÷८०
च.नं :– ७.

श्री राष्ट्रपतिको कार्यालय, शीतल निवास
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार
श्री संवैधानिक परिषद्को कार्यालय, सिंहदरबार
श्री सर्वोच्च अदालत, रामशाहपथ
श्री न्याय परिषद्, समशाहपथ
सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जवरा, कठमाण्डौ ।

विषय जानकारी सम्बन्धमा ।

सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जवराले मिति २०७१/०८/२० मा तत्कालिन प्रतिनिधि सभामा पेश भएको महाभियोग सो प्रतिनिधि सभाको कार्यकाल समाप्त भईसकेको हुदा निष्प्रभावी भएकोले प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नको लागि सम्बन्धित निकायहरुलाई जानकारी गराइदिनुहुन भन्ने व्यहोसको निवेदन यस सचिवालयमा दिनु भएको विषय अनुरोध गर्दछ। उपरोक्त निवेदनको सम्बन्धमा मिति २०७८ फागुन १. राते नेपालको संविधानको धारा १०१÷२) बमोजिम वहां विरुद्ध तत्कालिन प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव र तत्पश्चात संघीय संसदको महासचिवबाट संविधानको धारा १०१ (६) बमोजिम कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र माथि उल्लेखित निकायमा जानकारी गराईएको थियो । सो महाभियोगको प्रस्ताव तत्कालिन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाईएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई सकेकोले २०७८ फागुन १ मा तत्कालिन समयमा महासचिवबाट सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जवराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु। प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नको लागि वहाले दिनु भएको निवेदनको छायाप्रति यसै साथ संलग्न रहेको छ ।

डा. भरतराज गौतम संघीय संसदको महासचिव

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १३:३५