मोलुङ्ग हाइड्रोले आईपीओ निष्कासन गर्न बाेर्डबाट पायाे अनुमति
२१ मंसिर, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ ।
कम्पनीले आयाेजना प्रभावित स्थानिय, वैदेशिक राेजगारीमा गएका नेपालीहरू तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे हाे ।
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ७ मे.वा. क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजनाबाट मिति २०७४ चैत्र १२ गतेबाट व्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको कम्पनी हो ।
प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १३:२९