२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रधानन्यायाधीश जबराविरुद्धकाे महाअभियोग निष्क्रिय, आजै सर्वोच्च जाने

२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । विभिन्न आरोप लगाएर गत १ फागुनमा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । तर संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले संसदबाट क्लीन चिट पाएकाे बताउँदै आजै सर्वोच्च जाने जानकारी दिएका छन् । राणाले २०७९ मंसिर २७ गते उमेर हदका कारण सर्वोच्च अदालतबाट अवकाश पाउँदै छन्।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १२:२२