२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

पासाङल्हामु राजमार्गबारे जनता झुक्याउने काम नगर्न हितबहादुरलाई हिरानाथ खतिवडाको चेतावनी

२१ मंसिर, नुवाकोट । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङले पासाङल्हामु राजमार्गका बारेमा जनताको बीचमा भ्रम बाँडेको भन्दै माओवादी केन्द्र नुवाकोटका पूर्व अध्यक्ष हिरानाथ खतिवडाले आपत्ति जनाएका छन ।

अर्थमन्त्रीलाई भेटेर राजमार्ग बनाउने कुरा गरेको र उनले तत्काल बनाइदिने वचन दिएको भन्दै तामाङले समाजिक सञ्जालमा प्रचार गरेपछि माओवादीकै नेता खतिवडाले त्यसमा आपत्ति जनाएका हुन । उनले नहुने कुरा गरेर जनतामा भ्रम नछर्न चेतावनी दिएका छन ।

तामाङले समाजिक सञ्जालमा यस्तो उल्लेख गरेका थिए,  ‘अर्थमन्त्री जनार्दन शर्मा संग भेट वार्ता भयो । भेटको क्रममा पासाङ ल्हामु सडकको पुनः ठेक्का गर्न आन्तरिक स्रोतबाटै रकम सुनिश्चित गर्न अर्थमन्त्रीलाई आग्रह गरियो ।यदि Exim Bank india कै रकमबाट गर्ने गरि ठेक्का आह्वान भए नुवाकोट वासीले पुनः दुर्भाग्य बेहोर्नु पर्ने अवस्थाको पनि जानकारी गराइयो । मन्त्री शर्मा सकारात्मक ।’

त्यसको जवाफमा नेता खतिवडाले ‘अब जनार्दन शर्मा अर्थमन्त्री पनि हुँदैनन्, उनीसँगको भेटघाटले पासाङल्हामुको सडक पनि बन्दैन । जनतालाई झुक्याउने काम नगरौ।’ माओवादी केन्द्र नुवाकोटमा पछिल्लो समय दुइ लाइन संघर्ष  चर्किदै गएको छ । हितबहादुर तामाङसँग असहमति राख्ने नेता कार्यकर्ताहरू कर्नरमा परिरहेको उनीहरूको गुनासो छ । जिल्लामा खतिवडालाई पछिल्लो समय माओवादीकै कार्यकर्ताले हितबहादुर पीडित समूहको नेता भनेर चित्रित गर्ने गरेका छन ।

हितबहादुर तामाङले राखेको स्टाटस र हिरानाथ खतिवडाले गरेको टिप्पणी तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार ११:२४