२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सुदूरपश्चिममा समानुपातिकतर्फ एमालेले पायाे सबै भन्दा धेरै मत

२१ मंसिर, काठमाडाैं ।  समानुपातिकतर्फको मत गणना पनि सकिएको छ । सुदूरपश्चिम प्रदेशमा ८ लाख ९६ हजार ३ सय ८६ मत मध्ये एमालेले सबै भन्दा धेरै मत पाएको छ । एमालेले २ लाख ७४ हजार ६ सय ७५ मत ल्यायँदै प्रदेशमा सबै भन्दा धेरै मत पाउने पार्टी बन्न सफल भएकाे छ ।

त्यस्तै कांग्रेसले २ लाख ६९ हजार ५ सय ६४ मत पाएकाे छ । माओवादी केन्द्रले १ लाख २१ हजार ४ सय ३१ ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले ९८,५५९ मत पाएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४,२३३ र नेकपा एकीकृत समाजवादीले ४३,८१९ मत पाएकाे छ । प्रदेशमा यी ६ दलले थ्रेस होल्ड कटाउँदा अन्य दलले थ्रेस होल्ड कटाउन सकेनन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १०:१८