बोक्सीको आरोपमा कैलालीकी राधा माथि ६ घण्टासम्म निर्घात कुटपिट (भिडियोसहित)
२६ फागुन, कैलाली । बोक्सीको आरोपमा कैलालीकी राधा चौधरीमाथि निर्धात कुटपिट भएको छ । स्थानीय जनप्रनिधिसमेतको मिलेमतोमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ की २० वर्षीया चौधरीमाथि निर्घात कुटपिट भएको छ ।
उनलाई निरन्तर ६ घण्टासम्म कुटपिट गरिएको प्रत्यक्षदर्शीले बताएका छन । रामबहादुर चौधरी उर्फ भोले बाबाले राधामाथि बोक्सीको आरोपमा कुटपिट गरेका हुन ।
पुरै विश्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नाममा तारे होटलहरुमा रमिरहँको दिन एउटी नेपाली चेली कुसंस्कारको शिकार भएर अहिले जीवनमरणको दोसाँधमा पुगेकी छिन । उनकाे अहिले सेती अञ्चल अस्पतालमा उपचार भैरहेकाे छ ।
प्रहरीले कुटपिटका नाइके रामबहादुर चौधरीलाई पक्राउ गरेपनि जनप्रतिनिधि र गाउँलेको रोहबरमा पहिलोपटक छाडेपनि पीडितको तर्फबाट जाहेरी परेपछि शुक्रबार पक्राउ गरेको छ ।
हेर्नुहोस् भिडियो (भिडियो साैजन्य थरूनकेडटकम)
प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार ०७:२०