२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

दोलखाको समानुपातिक मतगणना सकियाे, प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले पहिलाे

२० मंसिर, काठमाडाैं । दाेलखामा समानुपातिकतर्फको मतगणना सकिएकाे छ । सोमबार राति सम्पन्न समानुपातिकतर्फको मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर एमालेले पहिलाे भएकाे छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ ३० हजार ९ सय ८६ मत प्राप्त गर्दै एमालेले दोलखामा आफ्नो अग्रता कायमै गरेकाे हाे ।

कांग्रेसले २७ हजार ७ मत प्राप्त गरेकाे छ भने माओवादी केन्द्रले ११ हजार ५ सय ८२ मत ल्याएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ५ सय ६६, नेकपा एकिकृत समाजवादीले २ हजार ३ सय १ र राप्रपाले २ हजार ३३ मत पाएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा एमाले नै पहिलो भएको छ । एमालेले ३१ हजार ८ सय ४६ मत पाएको छ भने नेपाली कांग्रेसले २२ हजार ३ सय ल्याएकाे छ । नेकपा माओवादी केन्द्रले १४ हजार ९ सय ४ पाउँदा नेकपा एकिकृत समाजवादीले ३ हजार ९ सय ९३ ल्याएकाे छ भने राप्रपाले ३ हजार ४ सय ७३ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ११:१५