१ लाख घुससहित वीरगञ्ज महानगरका अधिकृत पक्राउ
४ असोज, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले १ लाख घुससहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीनजनालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
शिक्षा शाखा अधिकृत (विद्यालय निरीक्षक) मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण साह पक्राउ परेका हुन् । फारुक इन्टरनेशनल एकेडेमीको कक्षा १ देखि ५ सम्म अनुमति दिने प्रायोजनका लागि १ लाख घुस लिएको पाइएकाे छ ।
प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार १५:४८