२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

दोलखामा १ वडाको मतगणना बाँकी हुँदा गठबन्धनका गंगा कार्की ४८६ मतले अगाडि

१९ मंसिर, काठमाडाैँ । दोलखामा प्रतिनिधिसभाको मतगणना अन्तिम भएको छ । अब एक वडाको मात्र गणना बाँकी रहेको छ । मतगणना अन्तिमतिर पुग्दा पाँच दलीय गठबन्धनका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका गंगा कार्कीले ४८६ मतको अग्रता लिएका छन । अहिलेसम्म  गठबन्धनका गंगा कार्कीले ३६२९१ मत प्राप्त गरेका छन भने नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३५८०५ मत प्राप्त गरेका छन । अब शैलुङ गाउँपालिका १ (दुधपाेखरी)को गणना बाँकी रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०८:४४