२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

दलको कार्यालय व्यवस्थापनमा जुट्याे सङ्घीय संसद् सचिवालय

१८ मंसिर, काठमाडाैं । सङ्घीय संसद् सचिवालय दलहरुको संसदीय दलको कार्यालय व्यवस्थापनमा जुटेको छ । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेका बेला संसद सचिवालय दलको सङ्ख्या आकलन गरी आवश्यक तयारीमा जुटेको हो ।

कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरुको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य भइरहेको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए । उनले सकभर सिंहदरबारमा नै संसदीय दलको कार्यालयको व्यवस्थापन गर्ने र ठाँउ अभाव भए संसद भवन नयाँ बानेश्वरमा समेत केहि दलको कार्यालय स्थापना गर्ने गरि तयारी भइरहेको बताए ।

त्यस्तै प्रवक्ता पाण्डले संसद बैठकको तयारीका लागि बानेश्वरस्थीत संसद भवनका पूर्वाधार, स्वास्थ्य मापदण्ड लगाएतका बिषयमा आवश्यक तयारी गरिरहेको जानकारी दिए । सङ्घीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा हुन अझै तीन बर्ष लाग्ने देखिएकाले संसदको नयाँ अधिवेशन बानेश्वरमा नै हुने उनले बताए ।  निर्वाचनको अन्तिम परिणाम आएको ३० दिन भित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १४:०४