२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

‘आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको भोट खसालेर कांग्रेसका धनराज गुरूङले चुनाव जिते’

१८ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले नेपाली कांग्रेसका उपभापति धनराज गुरूङले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको भोट खसालेर चुनावमा विजयी हुँदै संसदीय निर्वाचनको गलत अभ्यास र नमेटिने कलंक स्थापति गरेको बताएका छन । आइतबार बिहान सामाजिक सञ्जाल मार्फत आफ्नो टिप्पणी सार्वजनिक गर्दै श्रेष्ठले यस्तो बताएका हुन ।

उनले भनेका छन, ‘स्याङ्जा(२ को हारजितमा कुनै रुचि छैन तर बिजयी कांग्रेस नेता धनराज गुरुङ आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको समेत भोट खसालेर जितेको यो परिणाम संसदीय निर्वाचनको गलत अभ्यास र नमेटिने कलंकको रुपमा धेरै पछिसम्म रहिरहनेछ।’

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १०:४९