२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले नेता गोकुल बाँस्कोटाको घरमा प्रेस कुकर बम, प्रहरी घटनास्थलमा

१८ मंसिर, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं काभ्रे २ मा बाट प्रतिनिधिसभामा विजयी प्रभावशाली युवा नेता गोकुल बास्कोटाको घरमा प्रेसर कुकर बम फेला परेको छ ।

बाँस्कोटाको घरको कम्पाउन्डमा प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ । प्रहरी टोली लोकन्थलीमा रहेको बाँस्कोटाको घरमा पुगेर अनुसन्धान गरिरहेको र सेनाको टोली आउँदै गरेको बाँस्कोटाका स्वकीय सचिव एमाले नेता नवराज ढकालले दैनिकीलाइ जानकारी दिए ।

बिहान छिमेकीले कम्पान्डमा प्रेसर कुकर देखेपछि जानकारी दिएका थिए । बाँस्कोटा मतदातालाइ धन्यवाद दिन काभ्रेको मण्डनदेउपुरस्थित घरमा रहेका छन । यद्यपी घरमा परिवारका सदस्य रहेका छन । यसअघि २०७६ सालमा पनि बाँस्कोटाको घरमा प्रेसरकुकर बम बिस्फोट भएको थियो । त्यतिखेर बिस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार ०८:०९