२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरूङलाई ६ हजार मतको अग्रता

१७ मंसिर, स्याङ्जा । स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ । कांग्रेसका उम्मेदवार धनराज गुरुङ र  एमाले उम्मेदवार पद्मा अर्यालबीचको मतान्तर ६ हजार ५४ रहेको छ ।

गुरुङले २९ हजार ३३ मत ल्याउँदा अर्याल २२ हजार ९७९ मतसहित पछ्याइरहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले सात हजार ६६२ मत पाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १९:१७