२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रोहिणी गाउँपालिकाको प्रशासकीय भवन बन्ने

१७ मंसिर, भैरहवा । रुपन्देहीको रोहिणी गाँउपािलकाको प्रशासकीय भवन बन्ने भएकाे छ । आगामी तीन वर्षमा पुरा गर्ने लक्ष्यका साथ ६ तल्ले भवनको शनिबार शिलान्यास गरिएको छ ।

भाडाको भवनमा सञ्चालन हुँदै आइरहेको कार्यालयलाई व्यवस्थित गर्न बहुवर्षीय योजनामा भवन निर्माणको थालनी गरिएको गाँउपालिका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

यादवले सबैको सहजताका लागि धकधईदेखि ५०० मिटर पश्चिम भैरहवा–परासी सडकमा भवन निर्माण हुन लागेको उनले बताए । आफ्नो कार्यकालमा गाउँपालिकाको प्रशासनिक भवन, १५ शैय्याको अस्पताल, खेलमैदान तथा शिक्षा, खानेपानी, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकता राख्दै काम अघि बढाएको उनको भनाइ छ । अहिले पहिलो चरणको काम सुरुवात गर्न पालिकाले ३ करोड ४० लाख बजेट छुटयाइएको उनले बताए ।

करिब १५ करोडको लागत अनुमानमा अन्डर ग्राउण्ड पार्किङ, भूकम्प रहित र आपांगमैत्री भवन तीन कठ्ठा क्षेत्रफलमा बन्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले जानकारी दिए ।

रोहिणी गाउँपालिकाका निवर्तमान अध्यक्ष सनोज कुमार यादवले वर्तमान गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको नेतृत्वमा गाउँपालिका भवन निर्माणको थालनी भएको र सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १९:०४